• Menu

सिटिजन्स बैंक र भारतको मेदान्त हस्पिटलबीच बृहत् सम्झौता

नेपाल प्रफिट

२०८२ फागुन १४, २१:४४

सिटिजन्स बैंक र भारतको मेदान्त हस्पिटलबीच बृहत् सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भारतको मेदान्त द मेडिसिटी अस्पतालबीच बृहत् सम्झौता भएको छ । बैंक र अस्पतालबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवाशुल्कमा १५  प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारी पत्रमा पुनः हस्ताक्षर भएको हो ।

यसअघि प्रदान गरिएको छुट सुविधा केवल मेदान्त, गुडगाँवमा मात्र लागू हुँदै आएकोमा नयाँ सम्झौतापछि उक्त छुट सुविधा मेदान्तका थप ६ अस्पतालहरू मेदान्त नोएडा, मेदान्त सुपर स्पेसलिटी अस्पताल, लखनउ, जय प्रभा मेदान्त सुपर स्पेसलिटी अस्पताल पटना, मेदान्त सुपर स्पेसलिटी अस्पताल इन्दौर, मेदान्त अब्दुर रज्जाक अन्सारी मेमोरियल विभर्स अस्पताल राँची र मेदान्त अस्पताल राँचीमा तथा पाँच मेडिक्लिनिकबाट समेत उपलब्ध हुने भएको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहकले यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइरहेका छन् ।

यस सहकार्यको निरन्तरताले सिटिजन्स बैंक र मेदान्तबीचको सम्बन्ध अझ सशक्त भएको तथा भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

त्यस्तै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी बैंकले विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक बचत खाता पनि सञ्चालन गरिरहेको छ ।

नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा पनि बैंकले दिएको छ । क्रस टेलरमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा रहेका २ सय शाखा, १६९ वटा एटिएम, तीन विस्तारित काउन्टर र ४२ शाखा हित बैंकिङ इकाइबाट १९ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्