• Menu

भारतकै टप ब्रान्डमध्येको एक एम्पियर नेपालमा

नेपाल प्रफिट

२०८२ फागुन १४, २१:१५

भारतकै टप ब्रान्डमध्येको एक एम्पियर नेपालमा

काठमाडौं । भारतमा उत्पादन भएको उच्च स्तरीय विद्युतीय स्कुटर ब्रान्ड एम्पियर नेपालमा सार्वजनिक गरिएको छ । भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव भएको ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीले उत्पादन गरेको एम्पियर ब्रान्डका स्कुटरको आधिकारिक विक्रेता एसटीसी ग्रुपअन्तर्गतको एसटीसी अटो सोलुसन हो ।

एसटीसी अटो सोलुसन एम्पियरका दुई मोडलका स्कुटरसहित नेपाली बजारमा प्रवेश गरेको छ । ग्रिभ्स इलेक्ट्रीक मोबिलिटीले १७ वर्षदेखि भारतमा विद्युतीय दुई पाङ्ग्रे साधन उत्पादन गर्दै आएको छ । ग्रिभ्सका उत्पादन एम्पियर भारतमा टप ६ ब्रान्डको रुपमा बलियो उपस्थिति जनाइरहेको ब्रान्ड हो ।

एसटीसी अटो सोलुसनले एम्पियरका स्कुटर हाई पर्फर्मेन्स भएका विश्व स्तरीय स्कुटरहरु नेक्सस र म्याग्नस निओ गरी दुई मोडलका स्कुटरको बिक्री सुरु भएको जानकारी गराएको छ ।

यी स्कुटरमा लिथियम फेरो फोस्फेट ब्याट्री प्रयोग भएका छन् । स्कुटर अत्यन्तै चिसो (माइनस ४० डिग्री) र अन्यन्तै तातो (६० डिग्री) मा परीक्षण गरिएको कम्पनीले जनाएको छ । यी ब्याट्रीमा ७५ हजार किलोमिटर वा पाँच वर्षसम्मको वारेन्टी रहनेछ ।

एम्पियर मेग्नस निओ

एम्पियर मेग्नस निओमा २.५ किलोवाट क्षमाताको मोटर उपलब्ध छ । यो स्कुटरमा २.३ किलोवाट आवरको लिथियम ब्याट्री प्याक उपलब्ध छ भने यसलाई एकपटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

यो स्कुटरमा आरामदायी सिटका साथै १५० किलो लोडिङ क्षमता र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसमा लो, हाई र रिर्भस राइडिङ मोड उपलब्ध छ । यसको मूल्य ३ लाख रुपैयाँ तोकिएको छ ।

नेक्सस

नेक्ससमा ३.९ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । यसलाई एकपटक फुलचार्ज गरेर १०७ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यो ब्याट्री प्याकलाई घरमै ३ घन्टा ३० मिनेटमा चार्ज गर्न सकिन्छ ।

मिड माउन्ट मोटर भएको यो स्कुटरमा रिभर्स सहित पाँच राइड मोड उपलब्ध छन् । यसमा अलोय ह्वील, डिस्क ब्रेक, अल एलइडी लाइट, यूएसबी चार्जर, केनेक्टिभिटी जस्ता फिचर्स पाउन सकिन्छ । यसको मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्