• Menu

सन् नेपाल लाइफको घोराही शाखा स्थानान्तरण

नेपाल प्रफिट

२०८२ फागुन १२, ०९:५०

सन् नेपाल लाइफको घोराही शाखा स्थानान्तरण

काठमाडौं । दाङको घोराहीस्थित सन् नेपाल लाइफ इन्स्योरेन्सको शाखा नयाँ स्थानमा सरेको छ । पर्याप्त स्पेससहितको ठाउँमा सारिएको कम्पनीले जनाएको छ । नयाँ कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गरे ।

कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक दीपेन्द्र रावत, शाखा प्रमुख शशी डीसीलगायत अभिकर्ताहरूको उपस्थिति थियो । नयाँ स्थानबाट सेवाग्राहीलाई अझ व्यवस्थित, सहज र गुणस्तरीय बिमा सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

शाखा कार्यालयबाट बिमालेख, प्रिमियम संकलन तथा दाबी प्रक्रियासम्बन्धी आवश्यक सेवा उपलब्ध हुनेछन् । सन् नेपाल लाइफले सेवा विस्तार तथा पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै देशभर सञ्जाल विस्तार गर्दै आएको छ । हाल कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्