• Menu

एमएडब्लू अर्थमुभर्सलाई लगातार चौथो वर्ष ‘डिलर अफ द इयर’ अवार्ड

नेपाल प्रफिट

२०८२ फागुन १२, ०९:३२

एमएडब्लू अर्थमुभर्सलाई लगातार चौथो वर्ष ‘डिलर अफ द इयर’ अवार्ड

काठमाडौं । नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेवी इक्विपमेन्टको एकमात्र आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले अन्तर्राष्ट्रिय मञ्चमा पुनः सफलता हासिल गरेको छ। जेसीबी एनुअल डिलर कन्फ्रेन्स २०२६ मा कम्पनीले लगातार चौथो वर्ष ुडिलर अफ द इयर ( साउथ एसिया रिजनु अवार्ड जित्न सफल भएको हो ।

यो अवार्ड फेब्रुअरी १८ मा श्रीलंकामा आयोजित वार्षिक जेसीबी डिलर सम्मेलनमा प्रदान गरिएको छ । एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवालले जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक सेट्टीबाट सम्मान ग्रहण गरे । कार्यक्रममा सीईओ तेजप्रसाद सुवेदी तथा सीओओ (रिटेल सेल्स) दुर्गाप्रसाद निरौलाको पनि उपस्थिति थियो ।

‘डिलर अफ द इयर’ अवार्ड उत्कृष्ट बिक्री, बजारमा मजबुत उपस्थिति र ग्राहक सन्तुष्टिको मूल्यांकनका आधारमा प्रदान गरिन्छ । अत्यन्तै प्रतिस्पर्धाको बीचमा पनि एमएडब्लू अर्थमुभर्सले नेपालको हेवी इक्विपमेन्ट क्षेत्रमा अग्रणी स्थान र ‘नम्बर १’ को स्थिति जोगाइराख्न सफल भएको जनाएको छ ।

एमएडब्लू ग्रुप अफ कम्पनिजका एमडी एवं चेयरम्यान अग्रवालले भने, ‘यो महत्वपूर्ण उपलब्धिले हाम्रो नेतृत्व क्षमता, काम गर्ने शैली र ग्राहकले हामीमाथि राख्नुभएको विश्वासलाई फेरि प्रमाणित गरेको छ । हामी यो सम्मान देश निर्माणमा जुट्नुभएका सम्पूर्ण निर्माण समुदायलाई समर्पित गर्दछौं ।’

एमएडब्लू अर्थमुभर्स सन् १९६४ मा स्थापित नेपालको प्रतिष्ठित व्यावसायिक समूह एमएडब्लू ग्रुपको एक हिस्सा हो । जेसीबीको आधिकारिक वितरकका रूपमा यसले ब्याकहो लोडर, एक्जाभेटर, ह्विल्ड लोडर र टेलिह्यान्डलर लगायतका उपकरण उपलब्ध गराउँदै आएको छ । राउने कम्पनीले जनाएको छ ।

अनर एक्स फाइभ सीमा समावेश गरिएको अल्ट्रा क्लियर ५० मेगापिक्सेल डुअल क्यामेराले स्पष्ट, जीवन्त र उच्च विवरणयुक्त तस्बिरहरू खिच्न सक्षम बनाउने जनाइएको छ । यसमा शक्तिशाली ५२६० एमएएच ब्याट्री छ ।

एक्स फाइभ सी ४जीबी र्‍याम र ६४ जीबी स्टोरेज क्षमताको सेटको मूल्य १५ हजार ९९९ रुपैयाँ छ । यस्तै एक्स फाइभ सी प्लसको मूल्य १७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्