• Menu

अनरको ‘एक्स्ट्रिम च्याम्पियन’ स्मार्टफोन नेपालमा, मूल्य १५ हजार ९९९ बाट सुरु

नेपाल प्रफिट

२०८२ फागुन १२, ०९:२५

अनरको ‘एक्स्ट्रिम च्याम्पियन’ स्मार्टफोन नेपालमा, मूल्य १५ हजार ९९९ बाट सुरु

काठमाडौं । मोबाइल ब्रान्ड अनरले ‘एक्स फाइभ सी’ नेपाली बजारमा एक्स्ट्रिम च्याम्पियनका रूपमा सार्वजनिक गरेको छ । यो स्मार्टफोनले उत्कृष्ट क्यामेरा, भरपर्दो कार्यसम्पादन र प्रिमियम प्रयोग अनुभवलाई किफायती मूल्यमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

अनर एक्स फाइभ सीमा समावेश गरिएको अल्ट्रा क्लियर ५० मेगापिक्सेल डुअल क्यामेराले स्पष्ट, जीवन्त र उच्च विवरणयुक्त तस्बिरहरू खिच्न सक्षम बनाउने जनाइएको छ । यसमा शक्तिशाली ५२६० एमएएच ब्याट्री छ ।

एक्स फाइभ सी ४जीबी र्‍याम र ६४ जीबी स्टोरेज क्षमताको सेटको मूल्य १५ हजार ९९९ रुपैयाँ छ । यस्तै एक्स फाइभ सी प्लसको मूल्य १७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्