काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को बिन्दुमा कायम भएको छ । यो १.०४ प्रतिशतको गिरावट हो ।
आज ३२४ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर ७२ हजार १०४ पटक खरिदबिक्री हुँदा ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबै समूहको उपसूचक आज रातो देखिएको छ । बैंकिङ ०.५२, विकास बैंक १.४१, वित्त ०.५६, होटल तथा पर्यटन १.०९, जलविद्युत १.८१, लगानी ०.९४ र जीवन बिमा ०.७३ प्रतिशतले घटेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूह १.०२, लघुवित्त ०.४८, म्युचुअल फण्ड ०.२२, निर्जीवन बिमा ०.४२, व्यापार ३.५९ र अन्य समूह ०.८५ प्रतिशतले घटेको छ । सलपा विकास बैंक लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा बढी वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ८.९२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको ६३ करोड ४२ लाख ४० हजार १०१ बराबरको १७ लाख ८२ हजार ९०३ कित्ता शेयर किनबेच भएको छ ।