• Menu

वाडा अटो शो चैत ११ देखि

नेपाल प्रफिट

२०८२ फागुन ५, १७:०९

वाडा अटो शो चैत ११ देखि

काठमाडौं । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनले पोखरामा वाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ । एसोसिएसनले चैत ११ देखि १५ सम्म पोखराको तालबराही चोकस्थित खेलमैदानमा अटो शो गर्न लागेको हो ।

नेपाली नयाँ वर्ष २०८३ को पूर्व आगमनमा नेपालको सुन्दर नगरी एवं पर्यटकीय राजधानी पोखरामा अटो शो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । वाडा अटो शोमा साना, मझौला तथा ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर, वित्तीय संस्था र अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्