काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले जनकपुरमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बिमाशुल्क संकलन गरी मधेस प्रदेशबाट योग्य भएका ७७ अभिकर्तासहित विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं मधेस प्रदेशअन्तर्गतका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले मधेस प्रदेशबाट सिईओ क्लबका सदस्य हुन सफल अभिकर्तालाई सम्मान गरेका हुन् । नेसनल रत्न र नेसनल स्टार विजेता अभिकर्तालाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादा प्रदान गरिएको छ ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै सबै तहका अभिकर्ताको लागि अभिकर्तामैत्री योजना ल्याउने क्रममा वार्षिक रुपमा प्रदेश स्तरीय कार्यक्रम गर्ने गरी सिइओ क्लबको अवधारणा ल्याएको बताए । यस अवधारणा अन्तर्गत सिईओ क्लबमा नेपालभरबाट १६ सयभन्दा बढी अभिकर्ता छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको उनले स्पष्ट पारे ।
उपस्थित अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले व्यावसायिक दक्षता अभिवृद्धि गर्ने सम्वन्धमा विभिन्न उदाहरणमार्फत महत्वपूर्ण तालिम प्रदान गरेका छन् ।