• Menu

सेयर बजार २० अंकले घट्यो

नेपाल प्रफिट

२०८२ फागुन ५, १६:०६

सेयर बजार २० अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.७५ अंकले घटेर २६४२.१५ मा पुगेको हो ।

आज ३५४ कम्पनीको दुइ करोड पाँच लाख ५९ हजार ५५ कित्ता सेयर ८३ हजार ७५ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३६ करोड ४४ लाख २४ हजार २४ हजार ५५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फन्ड उपसमूहको सूचक ०.५६ र व्यापार समूह ०.२२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.४५, विकास बैंक १.१८, वित्त २.११, होटल तथा पर्यटन १.१९, जलविद्युत १.६३, लगानी ०.८१, उत्पादन तथा प्रशोधन ०.७३, लघुवित्त ०.५०, निर्जीवन बिमा ०.७५ र अन्य समूह ०.५८ प्रतिशतले घटेको छ ।

सलपा विकास बैंक लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै रिडि पावर कम्पनी लिमिटेडको ५३ करोड ३६ लाख १४ हजार ८४२ बराबरको १५ लाख ९९ हजार ३८४ कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्