• Menu

बजाज नेपालद्वारा भव्य कार्यक्रमबीच अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

नेपाल प्रफिट

२०८२ फागुन ३, २१:५५

बजाज नेपालद्वारा भव्य कार्यक्रमबीच अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

काठमाडौं । भव्य कार्यक्रमका बीच अल–न्यु अपग्रेडेड बजाज डोमिनार ४०० लन्च गरिएको छ । बाइकर्स क्याफेमा शुक्रबार आयोजित कार्यक्रममा राइडर, इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उत्साहजनक उपस्थितिमा डोमिनार ४०० सार्वजनिक गरिएको हो ।

कार्यक्रममा अपग्रेडेड डोमिनार ४०० लाई आधिकारिक रूपमा सार्वजनिक गर्दै यसको नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरिएको छ । कार्यक्रमको मुख्य आकर्षणका रूपमा मनाङ एक्सप्लोरर राइड प्रिमियर गरिएको थियो, जसले डोमिनार ४०० को लामो दूरीको क्षमता तथा कठिन भूगोलमा उत्कृष्ट प्रदर्शन क्षमतालाई प्रस्तुत गरेको छ ।

अल–न्यु अपग्रेडेड बजाज डोमिनार ४०० मा डट म्याट्रिक्स डिस्प्लेसहितको डिजिटल कन्ट्रोल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाइ–टर्न नेभिगेसन, राइड–बाइ–वायरसहित चार राइड मोड, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल लेभरहरू तथा हजार्ड लाइट प्रणाली जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ, जसले सुरक्षा र राइडिङ अनुभवलाई थप उत्कृष्ट बनाएको छ ।

उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियासहित लन्च कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ, जसले आधुनिक प्रविधिसहित प्रदर्शन–केन्द्रित बाइक प्रदान गर्ने प्रतिबद्धतालाई थप मजबुत बनाएको बजाज नेपालले जनाएको छ । सार्वजनीकरणपश्चात ग्राहकले फागुन ४ देखि ८ सम्म आयोजना हुने टेस्ट राइडमार्फत बाइकलाई नजिकबाट अनुभव गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्