• Menu

ह्युन्डाई नेपालले सुरु गर्‍यो फिफा विश्वकप २०२६ टेस्ट ड्राइभ अभियान

नेपाल प्रफिट

२०८२ फागुन २, शनिबार १९:०१

ह्युन्डाई नेपालले सुरु गर्‍यो फिफा विश्वकप २०२६ टेस्ट ड्राइभ अभियान

काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फिफा विश्वकप २०२६ सँगको ह्युन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा ‘ह्युन्डाई एक्स फिफा विश्वकप २०२६ टेस्ट ड्राइभ अभियान’ सुरु गरेको छ ।

यो अभियान २०२६ अप्रिलसम्म सञ्चालन हुनेछ । नेपालभर रहेका ह्युन्डाईका कुनै पनि शोरूममा गएर कुनै पनि ह्युन्डाई गाडीको टेस्ट ड्राइभ गर्ने ग्राहकले फिफा विश्वकप २०२६ का खेल आयोजक अमेरिका, क्यानडा वा मेक्सिकोमध्ये कुनै एक देशमा प्रत्यक्ष हेर्ने अवसर पाउन सक्नेछन् ।

भाग्यशाली विजेताले यो अविस्मरणीय अनुभव आफ्ना एक जना सहयात्रीसँग साझा गर्दै विश्वकै सबैभन्दा ठूलो फुटबल मञ्चको रोमाञ्चक अनुभूति गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस अभियानमार्फत ग्राहकले टेस्ट ड्राइभमार्फत ह्युन्डाई गाडीको आरामदायी सुविधा, उन्नत प्रविधि र उत्कृष्ट प्रदर्शन प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पनि प्राप्त गर्नेछन् । यस अवधिमा ह्युन्डाई गाडी बुक गर्ने ग्राहकले विशेष लाभहरू प्राप्त गर्नेछन्, जसले ग्राहकको ह्युन्डाई अनुभवलाई अझ आकर्षक र लाभदायक बनाउने कम्पनीको विश्वास छ ।

फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा ह्युन्डाईले उत्साह, प्रदर्शन र प्रगतिलाई उत्सव मनाउने विश्वव्यापी मञ्चमार्फत ग्राहकसँग निरन्तर सम्बन्ध मजबुत गर्दै आएको जनाएको छ । इच्छुक ग्राहकलाई नजिकको ह्युन्डाई सोरुममा गएर टेस्ट ड्राइभ अभियानमा सहभागी भई फिफा विश्वकप २०२६ को रोमाञ्चक यात्राको हिस्सा बन्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्