• Menu

नेपालीरिका होटलले साधारण सेयर निष्कासन गर्ने

नेपाल प्रफिट

२०८२ फागुन १, शुक्रबार ०९:०२

नेपालीरिका होटलले साधारण सेयर निष्कासन गर्ने

काठमाडौं । मोरङको विराटचोकमा रहेको नेपालीरिका होटल लिमिटेडले सर्वसाधारणका लागि सेयर  जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५० लाख कित्ताले हुन आउने ५० करोड रुपैयाँबराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

साधारण सेयर निष्कासनका लागि कम्पनीले लक्ष्मी सन्राइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सेयर निष्कासनका लागि नेपालीरिका होटलका अध्यक्ष भोलेश्वर दुलाल र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बिहीबार सम्झौता गरेका छन् ।

नेपालीरिका होटलको यो कदमले कम्पनीको पारदर्शिताका साथै नेपालको आतिथ्य उद्योग तथा पर्यटन विकास, विशेष गरी मोरङ प्रदेशमा लगानी अवसरहरूको विस्तारमा प्रतिबद्धता प्रतिबिम्बित गर्ने कम्पनले जनाएको छ । विराटचोकमा रहेको नेपालीरिकामा १४६ वटा कोठा छन् भने दमकस्थित नेपालीरिका होटलमा ३९ वटा कोठा छन् ।

प्रतिक्रिया दिनुहोस्