काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले बिहीबार १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाबाट आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, कम्पनीको आव २०८१/८२ को अवधिको लागि एनएफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरू सर्वसम्मतिले स्वीकृत भएको छ ।
यस्तै, सभाले स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको नियुक्ति र सञ्चालक दीपक नेपालको नियुक्तिलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको छ । सभाबाट कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आव २०८१/८२ को वित्तीय विवरण पनि अनुमोदन भएको छ ।
त्यस्तै सञ्चालक समितिको सिफारिसबमोजिम आव २०८२/८३ का लागि बाह्य लेखापरीक्षकमा एसएआर एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गरिएको छ ।