• Menu

रेड्मी नोट १५ नेपाली बजारमा, मूल्य कति ?

नेपाल प्रफिट

२०८२ माघ २८, बुधबार ०६:५८

रेड्मी नोट १५ नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेड्मी नोट १५ नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक बनावट, छरितो कार्यसम्पादन, जीवन्त एमोलेड पर्दा तथा उन्नत कृत्रिम बुद्धिमत्ता सुविधासहित यो स्मार्टफोन नेपालभर उपलब्ध भएको हो ।

रेड्मी नोट १५ मा ६ हजार मिलिएम्पियर क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ, जसले लामो समयसम्म निरन्तर प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ । यसमा ३३ वाट क्षमताको छिटो चार्जिङ र १८ वाट रिभर्स चार्जिङको सुविधा छ ।

स्मार्ट चार्जिङ प्रविधिबाट ब्याट्रीको स्वास्थ्य व्यवस्थापन गरिने भएकाले २ हजार पटकसम्म चार्ज गर्दा पनि ब्याट्री क्षमता ८० प्रतिशतभन्दा बढी कायम रहने कम्पनीले जनाएको छ । एकपटक पूर्ण चार्ज गर्दा फोनले दुई दिनसम्म सामान्य प्रयोग, २४ घण्टासम्म भिडियो हेर्न र ५० घण्टासम्म फोन कल गर्न सकिने कम्पनीको दाबी छ ।

यो स्मार्टफोन निलो, बैजनी, हरियो र कालो रङमा उपलब्ध छ । धुलो तथा पानी प्रतिरोधी क्षमता र भिजेको अवस्थामा पनि सहज प्रयोग गर्न सकिने प्रविधिका कारण हल्का वर्षा वा भिजेको हातमा समेत फोन सजिलै चलाउन सकिन्छ । १.८ मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने मजबुत पर्दा र बलियो आन्तरिक संरचनाले फोनलाई थप टिकाउ बनाएको छ ।

फोटोग्राफीका लागि यसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, तीन गुणा अप्टिकल टेलिफोटो क्यामेरा, २ मेगापिक्सेल डेप्थ क्यामेरा तथा २० मेगापिक्सेलको अगाडिको क्यामेरा दिइएको छ । डुअल स्पिकर, उच्च ध्वनि क्षमता र गुणस्तरीय अडियो प्रविधिले मनोरञ्जन अनुभवलाई अझ उत्कृष्ट बनाउँछ ।

६.७७ इन्चको एमोलेड पर्दामा १२० हर्ज रिफ्रेस दर, उच्च चमक र आँखामैत्री प्रविधि समावेश गरिएको छ । शाओमी हाइपर अपरेटिङ प्रणालीमा चल्ने यो फोन ६ न्यानोमिटर प्रविधिमा आधारित मिडियाटेक हेलियो जी१०० अल्ट्रा चिपसेटद्वारा सञ्चालित छ । रेड्मी नोट १५ नेपालमा ६ जिबी र्‍याम र १२८ जिबी भण्डारण क्षमताको मूल्य २९ हजार ९९९ रुपैयाँ तथा ८ जिबी र्‍याम र २५६ जिबी भण्डारण क्षमताको मूल्य ३५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्