काठमाडौं । हुन्डाई स्यान्ट्रो पहिलो पटक नेपाल भित्रिँदा साना गाडीको बजारमा जापानी ब्राण्डहरूको प्रभुत्व थियो । भारतमा उत्पादन भएका गाडीप्रतिको विश्वास विस्तारै विकसित हुँदै थियो । सन् १९९९ मा हुन्डाई इण्डियाले आफ्नो पहिलो मोडेलका रूपमा स्यान्ट्रो सार्वजनिक गरेको थियो ।
दैनिक प्रयोगका लागि उपयुक्त सोचविचार गरेर डिजाइन गरिएको र आरामदायी स्यान्ट्रो सुरुदेखि नै फरक पहिचान बनाउन सफल भयो । यसलाई अझ विशेष बनाउँदै नेपाल हुन्डाई स्यान्ट्रोको पहिलो निर्यात बजारसमेत बन्यो । यो केवल एक गाडीको सुरुवात मात्र होइन, हुन्डाई र नेपाल दुवैका लागि गर्वको क्षण थियो ।
स्यान्ट्रोले नेपाली ग्राहकको ह्याचब्याकप्रतिको धारणा नै परिवर्तन गर्यो । सानो गाडी पनि भरपर्दो, आकर्षक, मर्मतमा सजिलो र नेपाली सडक तथा पारिवारिक आवश्यकताअनुसार उपयुक्त हुनसक्छ भन्ने सन्देश स्यान्ट्रोले दियो । समयसँगै स्यान्ट्रो केवल गाडीमात्र रहेन, नेपाली परिवारको भरोसायोग्य साथी बन्यो र यही आधारमा हुन्डाईले नेपालमा आफ्नो यात्रा अघि बढायो ।
‘नेपालमा स्यान्ट्रोको २५ वर्ष पूरा भएको अवसरमा हामी एउटा प्रतिष्ठित मोडेलमात्र होइन, त्यसबाट सुरु भएको भरोसाको विरासतलाई पनि सम्मान गर्दैछौं,’ विज्ञप्तिमा भनिएको छ ।
यस विशेष अवसरमा हुन्डाई इण्डिया र हुन्डाई नेपालको सहकार्यमा सन् २००० मोडेल वर्षका हुन्डाई स्यान्ट्रोका प्रयोगकर्तालाई हुन्डाई नेपालसँग सम्पर्क गर्न अनुरोध गरिएको छ । छनोटमा परेका ग्राहकले हुन्डाईद्वारा तयार गरिएको सानो सरप्राइजको अनुभव गर्ने विशेष अवसर पाउनेछन् ।