काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बैंक सञ्चालक समितिको सदस्यमा नियुक्ति गरेका ढकाललाई शुक्रबार बिहान बसेको समिति बैठकले अध्यक्ष चयन गरेको हो ।
राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक ढकालले लामो समय बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरीवेक्षण विभागमा रहेर काम गरेका छन् । उनलाई बैंकको अपरेसन तथा प्रशासकका विज्ञका रुपमा लिइन्छ । ढकाल चार वर्षका लागि अध्यक्षको जिम्मेवारीमा नियुक्त भएका हुन् ।