• Menu

दार्चुला ढुंगा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

नेपाल प्रफिट

२०८२ असार ३, १६:५०

दार्चुला ढुंगा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

दार्चुला । महाकाली नगरपालिका-६ मा ढुंगा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुंगा टाउकामा लागेपछि पाल गम्भीर घाइते भएका थिए ।

स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्‍याए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । पाल केही दिनअगाडि मात्रै बिदामा घर आएका थिए ।

प्रतिक्रिया दिनुहोस्