• Menu

सेयर बजारमा ३.९० अंकको गिरावट, कारोबार ७ अर्ब ६५ करोडमा खुम्चियो

नेपाल प्रफिट

२०८२ असार ३, १६:४५

सेयर बजारमा ३.९० अंकको गिरावट, कारोबार ७ अर्ब ६५ करोडमा खुम्चियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ३.९० अंकले घटेर २६५४ अंकमा कायम भएको छ । आज कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो दिन १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएकोमा आज ७ अर्ब ६५ करोड रुपैयाँमा खुम्चिएको छ ।

आज कुल ९९ कम्पनीको शेयर मूल्य बढ्दा १४८ कम्पनीको मूल्यमा गिरावट आएको छ। बजारमा माइक्रोफाइनान्स समूहमा भने केही आकर्षण देखिएको छ । यो समूह १.१० प्रतिशतले बढेको छ। यसैगरी, हाइड्रोपावर ०.२७ प्रतिशत र व्यापार समूह ०.११ प्रतिशतले बढेका छन्।

यीबाहेक अन्य सबै समूहका सूचकमा गिरावट आएको छ। बैंकिङ समूह ०.४५, विकास बैंक ०.२०, फाइनान्स ०.४९, होटल तथा पर्यटन १.५८, लगानी ०.४३, जीवन बिमा ०.४७, उत्पादन तथा प्रशोधन ०.१४, निर्जीवन बिमा ०.२५ र अन्य समूह ०.१५ प्रतिशतले घटेका छन्।

आज मूल्य बढ्ने कम्पनीहरूमध्ये पियोर इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, बुटवल पावरको ७.७३ प्रतिशत, सामुदायिक लघुवित्तको ७.१३ प्रतिशत, अपर हेवाखोलाको ५.२८ प्रतिशत र विन्ध्यबासिनी हाइड्रोपावरको ५.१६ प्रतिशतले मूल्य बढेको छ।

मूल्य घट्ने कम्पनीहरूमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.६२ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३.९४ प्रतिशत, सिन्धु विकास बैंकको ३.७७ प्रतिशत र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ३.२१ प्रतिशतले मूल्यमा गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस्