• Menu

वीरगन्ज सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन

नेपाल प्रफिट

२०८२ असार ३, १६:०५

वीरगन्ज सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन

पर्सा । सिर्सियास्थित वीरगन्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार राजस्व संकलन गरेको छ ।

। कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको ११ महिनामा राजस्व संकलन उत्साहजनक रहेको जानकारी दिए ।

उनले साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड, कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व संकलन गरेको थियो । मंसिरमा तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा चार अर्ब २९ करोड, फागुनमा चार अर्ब ६८ करोड र चैतमा चार अर्ब ५० करोड राजस्व संकलन भएको बताए ।

वैशाखमा भने चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार, जेठमा चार अर्ब ४३ करोड ५७ लाख ११ हजार राजस्व संकलन गरेको छ । उक्त कार्यालयको चालु आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्