• Menu

सशस्त्रका डीआईजी गणेश ठाडामगरलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

नेपाल प्रफिट

२०८२ असार ३, १३:११

सशस्त्रका डीआईजी गणेश ठाडामगरलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) गणेश ठाडामगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । जेठ १५ मा ठाडामगरलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको थियो ।

वैशाख २ गते राति एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अनिवार्य अवकाशमा गएका थिए । सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गएका थिए । उनकै ठाउँमा ठाडामगर एआईजी बढुवा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्