काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चिफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खान अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) २०२६ का लागि छनोट भएका छन् ।
यो उपाधि उनले पाँचौँ पटक लगातार हासिल गरेका हुन् भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लागि पहिलोपटक हो । खान सन् २०२५ मा विश्वप्रसिद्ध एमडीआरटी संस्थाको माथिल्लो तह सीओटी (कोर्ट अफ द टेबल) सम्म योग्य भएका थिए ।
एमडीआरटी विश्वभरका जीवन बिमा तथा वित्तीय सेवा क्षेत्रका उत्कृष्ट पेसेवरहरूको संगठन हो, जसले उच्चतम स्तरको व्यावसायिकता, निष्ठा र सेवाप्रति समर्पणको पहिचान दिन्छ । निरन्तर प्रतिबद्धता, नेतृत्व क्षमता र ग्राहकप्रति समर्पित सेवा भावनाले खानई बिमा क्षेत्रको अग्रणी व्यक्तित्वको रूपमा स्थापित गरेको छ ।
एमडीआरटीमा पुन: छनोट भएपछि उनले त्यसको श्रेय टिम र ग्राहकलाई दिएका छन् । ‘यो सफलता मेरो मात्र होइन, यो मेरा ग्राहक (बिमित), मेरो टिम र हामीले अंगालेको विश्वासको उपलब्धि हो । हरेक पोलिसीसँगै हामी बिमा मात्र गर्दै छैनौं, भविष्य पनि बनाउँदैछौं ।’
प्रभु महालक्ष्मी लाइफले खानको ऐतिहासिक सफलतामा सधैँ साथ रहने र हौसला प्रदान गर्ने जनाएको छ । गत वर्ष सन् २०२५ मा सीओटी हासिल गरेका खानको अबको लक्ष्य टीओटी (टप अफ द टेबल) हो, त्यसतर्फ उनी दृढ आत्मविश्वासका साथ अग्रसर छन् ।