• Menu

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

नेपाल प्रफिट

२०८२ असार १, १६:१८

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो ।

गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो । अहिले संकलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो । चालु आवको जेठसम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको जेठमा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष जेठमा ८५ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्