• Menu

प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा

नेपाल प्रफिट

२०८२ जेठ ३०, शुक्रबार १०:५९

प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित ७ जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतले सोही घटनामा संलग्न ३२ जनालाई १० हजारदेखि एक लाखसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्