• Menu

 वीरगन्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व संकलन

नेपाल प्रफिट

२०८२ जेठ २, शुक्रबार १६:०२

 वीरगन्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व संकलन

पर्सा । वीरगन्ज भन्सार कार्यालयले चालु आवका १० महिनामा एक खर्ब ४० अर्ब ४२ करोड राजस्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ६४.१३ प्रतिशत राजस्व संकलन गरेको हो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आर्थिक वर्षमा राजस्व संकलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए । ‘चालु आव सकिन अब दुई महिनामात्रै बाँकी छ,’ उनले भने, ‘सो अवधिमा राजस्व संकलनमा उल्लेखनीय सुधार हुने अपेक्षा गरेका छौँ ।’

कार्यालयले साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मंसिरमा १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो । त्यस्तै पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड राजस्व संकलन गरेको थियो ।

यस्तै फागुनमा १४ अर्ब ६३ करोड राजस्व संकलन गरेको छ भने चैतमा भने १५ अर्ब ४७ करोड राजस्व संकलन गरेको छ । वैशाखमा भने १५ अर्ब ७२ करोड राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्