काठमाडौं । नेपाली बजारमा सोमबार सुन-चाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला ३ सय रुपैयाँ घटेको सुनको भाउ आज भने प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले कम हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।