• Menu

गभर्नर सिफारिस समितिबाट डा. पौडेलको राजीनामा

नेपाल प्रफिट

२०८२ वैशाख २८, २०:०७

गभर्नर सिफारिस समितिबाट डा. पौडेलको राजीनामा

काठमाडौं । डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन् । कांग्रेसका तर्फबाट नेपाल राष्ट्र बैंकको गभर्नरमा अघि बढाउने सहमति भएपछि पौडेलले समितिबाट राजीनामा दिएका हुन् ।

कांग्रेस नेता डा. प्रकाशशरण महतको सिफारिसमा परराष्ट्रमन्त्रीसमेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाले गभर्नरमा पौडेललाई अघि बढाउन सहमति दिएकी छन् । कांग्रेसले यसअघि डा. गुणाकर भट्ट र ज्ञानेन्द्र ढुंगानालाई अघि बढाउन खोजे पनि सफल हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्