काठमाडौं । चालु खाता २ खर्ब १० अर्ब र शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब बचतमा रहेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चैतमा चालु खाता २ खर्ब १० अर्ब २२ करोडले बचतमा छ ।
गत वर्ष चैतमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्ष चैतमा १ अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता यो वर्ष चैतमा १ अर्ब ५५ करोडले बचतमा छ ।
चैतमा शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा छ । गत वर्ष चैतमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्ष चैतमा २ अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति यो वर्ष चैतमा २ अर्ब ५५ करोडले बचतमा छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड छ । गत वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर ४ अर्ब ७८ करोड थियो । यसैगरी, चैतमा ८ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ६ अर्ब ४९ करोड थियो ।