काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ४.७४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश समावेश छ ।
प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।