काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको हो ।
सोमबार, सुन प्रतितोला १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको भाउमा पनि आज बढेको छ । महासंघका अनुसार चाँदी तोलामा ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको