काठमाडौं । नेपाली बजारमा (सोमबार) सुनको भाउ बढेको छ । आइतबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको भाउ आज थप पाँच सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ८४ हजार एक सय रूपैयाँमा किनबेच भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३२ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।