काठमाडौं । नेपाली बजारमा बिहीबार सुन-चाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला सात सय रूपैयाँले घटेको सुनको भाउ आज एकैदिन प्रतितोला चार हजार ६ सय रूपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ८८ हजार एक सय रूपैयाँमा किनबेच भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जानएको छ ।
बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँमा किनबेच भएको थियो । यसैगरी, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँले घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३२ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।