• Menu

म्याग्दीको राहुघाटमा ३७.५ मेगावाट क्षमताको जलविद्युत आयोजना सम्पन्न, १५ दिनभित्र परीक्षण उत्पादन

नेपाल प्रफिट

२०८२ वैशाख १८, ११:४०

म्याग्दीको राहुघाटमा ३७.५ मेगावाट क्षमताको जलविद्युत आयोजना सम्पन्न, १५ दिनभित्र परीक्षण उत्पादन

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा ३७.५ मेगावाट क्षमताको चिमखोला-मङ्गले-राहुघाट जलविद्युत आयोजना निर्माण भएको छ ।

तुदी पावर कम्पनी लिमिटेड प्रवर्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ ।

आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युतगृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ ।

आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ । राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविद्युत आयोजना हो ।

प्रतिक्रिया दिनुहोस्