• Menu

सरकार र शिक्षकबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

नेपाल प्रफिट

२०८२ वैशाख १७, बुधबार २०:१६

सरकार र शिक्षकबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । शिक्षकका माग समेटेर असार १५ भित्र शिक्षा ऐन ल्याउन दुवै पक्ष सहमत भएका हुन् ।

शिक्षकसँगको सहमति पत्र बोकेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् । मन्त्रिपरिषदबाट निर्णय भएपछि सहमतिका बुँदा सार्वजनिक गरिनेछ ।

सहमतिसँगै शिक्षकहरूको आन्दोलन भोलि (बिहीबार) बाट स्थगित हुनेछ । वार्ता सफल भएसँगै सरकार र शिक्षक महासंघबीच आन्दोलन स्थगित गर्ने सहमति भएको छ । विगतदेखिका हरेक सरकारले पटक-पटक सम्झौता गर्दै धोका दिएको भन्दै चैत २० देखि देशभरका शिक्षक राजधानी केन्द्रित विरोध प्रदर्शनमा थिए ।

प्रतिक्रिया दिनुहोस्