काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पनि घटेको छ । परिसूचक ८.१४ अंकले घटेर २६२३ अंकमा झरेको हो ।
आज बजार घटे पनि कारोबार रकममा भने उल्लेखनीय वृद्धि भएको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३७ करोड बराबरको सेयर किनबेच भएको छ । आज १०७ कम्पनीको मूल्य बढ्दा १३६ को घटेको छ भने एक वटाको स्थिर रहेको छ ।
बुधबार अधिकांश उपसूचकहरू नकारात्मक देखिएका छन् । बैंकिङ ०.७०, विकास बैंक १.०६, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.५०, लगानी ०.११५, जीवन बीमा ०.०७, उत्पादन ०.७२, निर्जीवन बीमा ०.१८ र अन्यको १.१६ प्रतिशत मूल्य घटेको
छ । त्यस्तै, हाइड्रोपावर ०.६१, माइक्रोफाइनान्स ०.०४ र व्यापारको ०.४० प्रतिशत मूल्य बढेको छ ।
आज समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको छ ।
यसैगरी, विन नेपाल लघुवित्त ८.७७, सिनर्जी पावर ८.३६, मातृभूमि लघुवित्त ७.३१, रिडी पावर ७.२४ र हिमालयन पावर पार्टनर ७ प्रतिशतले बढेको छ ।
भूगोल इनर्जीको मूल्य १० प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट ५.७६ र तारागाउँ रिजेन्सी ३.७७ घट्यो ।
आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा राधि विद्युत, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर र हिमालयन पावर पार्टनर रहेका छन् ।