• Menu

सबैभन्दा वृद्ध जापानी महिला ओकागी हयाशीको ११५ वर्षको उमेरमा निधन

नेपाल प्रफिट

२०८२ वैशाख १६, ११:२४

सबैभन्दा वृद्ध जापानी महिला ओकागी हयाशीको ११५ वर्षको उमेरमा निधन

एजेन्सी । जापानको सबैभन्दा वृद्ध जीवित व्यक्तिका रूपमा चिनिएकी ११५ वर्षीया ओकागी हयाशीको हृदयघातका कारण निधन भएको छ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले हयाशीको हृदयघातका कारण मृत्यु भएको सोमबार पुष्टि गरेको हो ।

सेप्टेम्बर १९०९ मा जन्मिएकी हयाशीको २६ अप्रिल (शनिबार) गिफु प्रान्तको आफ्नो गृहनगर टोकीको एक अस्पतालमा निधन भएको हो ।

गत वर्षको डिसेम्बरमा ११६ वर्षको उमेरमा ह्योगो प्रान्तको आसिया शहरकी एक महिलाको निधन भएपछि उनी देशकै सबैभन्दा वृद्ध व्यक्ति बनेकी थिइन् ।

हयासीको मृत्युसँगै अब जापानको सबैभन्दा वृद्ध व्यक्ति आइची प्रान्तको कोटाकी ११४ वर्षीया माइन कोन्डो बनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्