काठमाडौं । नेपाली बजारमा सोमबार सुन-चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक सय रूपैयाँले बढेको छापावाल सुनको मूल्य आज एकैदिन प्रतितोला एक हजार चार सय रूपैयाँले घटेको हो ।
आज सुन प्रतितोला एक लाख ८८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला एक लाख ८९ हजार सात सय रूपैयाँ थियो ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २० रूपैयाँले घटेर एक हजार नौ सय ७० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३३ सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ ।