• Menu

गोकर्णेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

नेपाल प्रफिट

२०८२ वैशाख १४, १३:५८

गोकर्णेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-४ माइती नेपाल चोकमा शनिबार राति टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ना ६ ख ५१०० नम्बरको टिपरले प्र.३-०२-००६ प ००९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक २३ वर्षीय पासाङ शेर्पाको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा शनिबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक शेर्पा सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका-७ घर भई हाल गोकर्णेश्वर तालिञ्चोक बस्दै आएका थिए ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्