• Menu

सुनचाँदीको भाउ घट्यो, कति पुग्यो ?

नेपाल प्रफिट

२०८२ वैशाख १२, शुक्रबार १२:४९

सुनचाँदीको भाउ घट्यो, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन-चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला दुई सय रुपैयाँले बढेको सुन आज एक हजार रुपैयाँले घटेको हो ।

महासंघले जारी गरेको तथ्यांक अनुसार, आज सुन प्रतितोला एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि घटेको आएको छ । बिहीबार प्रतितोला दुई हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला दुई हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३३ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्