काठमाडौं । नेपाली बजारमा बिहीबार सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले वृद्धि भएको हो । बुधबार एकैदिन प्रतितोला सात हजार पाँच सय रूपैयाँले घटेको सुनको भाउ आज सामान्य बढेको हो ।
आज सुन प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला एक लाख ९० हजार चार सय रुपैयाँ कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि बढोको छ । बिहीबार चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर दुई हजार १० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ३ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।