• Menu

रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त, भोलि शपथ

नेपाल प्रफिट

२०८२ वैशाख १०, बुधबार १७:५०

रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त, भोलि शपथ

काठमाडौं । नेकपा (एमाले) का संसद् रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरेका हुन् ।

वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । सोही पदमा एमालेले पन्तलाई पठाएको हो । पन्त एमालेका समानुपातिक सांसद हुन् ।

पन्तको शपथ ग्रहण भोलि नै हुनेछ । नेपालको संविधान अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्