• Menu

सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार ५ सयले घट्यो

नेपाल प्रफिट

२०८२ वैशाख १०, बुधबार ११:३२

सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार ५ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार एकैदिनमा सुनको मूल्य प्रतितोला ७ हजार ५ सयले घटेको छ।  लगातार रेकर्ड कायम गरिरहेको सुनको भाउ आज घटेको हो ।

मंगलबार हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९० हजार ४ सयमा झरेको छ ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ६५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९ सय ७० मा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ ले घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्