• Menu

संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छ : अध्यक्ष दाहाल

नेपाल प्रफिट

२०८२ वैशाख ७, १९:३१

संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छ : अध्यक्ष दाहाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संशोधन गर्ने उपयुक्त समय भइससेको बताएका छन् ।

पूर्वेली जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित ‘हाम्रो मत राष्ट्रिय दैनिक पत्रिका’को २२औँ वार्षिकोत्सव समारोहको आइतबार उद्घाटन गर्दै अध्यक्ष दाहालले संविधानको परिमार्जन र संशोधनका निम्ति गम्भीर छलफलको आवश्यकता रहेको उल्लेख गर्दै सरकारले संविधान संशोधनका लागि आवश्यक छलफल गर्नुपर्छ भने ।

अध्यक्ष दाहालले शासकीय स्वरुप नै अहिलेको अस्थिरताको कारक भएको चर्चा गर्दै अहिलेको व्यवस्थासँग मिल्दो शासकीय स्वरुप र निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक प्रणाली र आर्थिक विकासको एकापसमा गहिरो सम्बन्ध रहने भएकाले आर्थिक नीतिबारे छलफल हुनुपर्ने जिकिर गर्दै प्रचुर प्राकृतिक सम्पदा हुँदाहुँदै आर्थिक क्षेत्र बलियो हुन नसक्नु चिन्ताको विषय हो भन ।

सरकारले सेवा प्रवाह उचित ढंगले गर्न नसकेका कारण दल र नेताहरुप्रति जनताको निराशा बढेको अध्यक्ष दाहालको भनाइ थियो । सरकार जनताको आवश्यकता र चाहनामा केन्द्रित रहनुपर्ने उनले सुझाव दिए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुँजी निर्माण गरी आर्थिक विकास गर्नका लागि प्रदेश सरकारले केही दिनमै लगानी सम्मेलन गर्न लागेको जानकारी दिए

उनले लगानी सम्मेलनबाट प्रदेशमा उल्लेखनीय आर्थिक गतिविधि हुन सक्ने अनुमान र सम्भावना छ भन्दै प्रदेश सरकारले यस वर्षलाई घोषणा गरेको ‘पर्यटन वर्ष-२०८२’ बाट प्रदेशमा आर्थिक गतिविधि चलायमान हुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्