• Menu

२५ करोड बढेर १ अर्ब १० करोड पुग्यो माछापुच्छ्रे बैंकको नाफा

नेपाल प्रफिट

२०८२ वैशाख ७, १४:११

२५ करोड बढेर १ अर्ब १० करोड पुग्यो माछापुच्छ्रे बैंकको नाफा

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा १ अर्ब १० करोड खुद नाफा गरेको छ । बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा २५ करोड धेरै हो । बैंकले गत वर्षको तेस्रो त्रैमाससम्ममा ८५ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले खुद ब्याज आम्दानीमा सुधार गरेको छ । गत आवको चैत मसान्तसम्ममा ३ अर्ब ८५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्षको सोही अवधिमा ४ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले कर्जा प्रवाह र निक्षेप संकलनमा पनि सुधार गरेको छ । नौ महिनाको अवधिमा बैंकले निक्षेप संकलन ११ अर्ब र कर्जा प्रवाह १४ अर्ब रुपैयाँले बताएको छ । चैत मसान्तसम्ममा बैंकले १ खर्ब ६९ अर्ब ६६ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ भने १ खर्ब ४० अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानी पनि ९.८१ रुपैयाँबाट बढेर १२.६५ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५६.२० रुपैयाँ छ भने निष्क्रिय कर्जा अनुपात बढेर ३.६८ प्रतिशतबाट ४.५९ प्रतिशत पुगेको छ । गैरबैंकिङ सम्पत्तिलगायतका कारण बैंकको वितरणयोग्य नाफा भने ७ करोड ७ लाख रुपैयाँमात्र छ ।

प्रतिक्रिया दिनुहोस्