• Menu

बिस्का जात्रा सम्पन्न

नेपाल प्रफिट

२०८२ वैशाख ५, शुक्रबार १९:१३

बिस्का जात्रा सम्पन्न

भक्तपुर । नौ दिन आठ रात मनाइने भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्रा आज सम्पन्न भएको छ । शुक्रबार साँझ तमारीबाट भद्रकाली रथ तानेर घट्खा पुर्‍याई गःहिटिबाट भैलखः तानातान गरी तमारीमा पुग्दा औँसी (पाङग्रा राख्ने काठ) भाँचेपछि जात्रा सम्पन्न भएको हो ।

त्यसैगरी शुक्रबार बिहान स्थानीय तालाक्वको स्थित कुमाले टोलमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाएको ज्याठा गणेशको प्रतीक हात नभएको योसिंद्य विधि पूर्वक पूजाआजा गरी ढालिएको छ ।

हात नभएको योसिंद्यलाई छैटौँ दिनमा मात्र ढाल्ने परम्परा छ । सो योसिंद्य नढाले साँझ भद्रकाली र भैलखःको तान्न नहुने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्