एजेन्सी । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीबार प्रकाशित सरकारी तथ्यांकमा दावी गरिएको छ ।
अष्ट्रेलियाको तथ्यांक विभाग (एबीएस) का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ । जुन फेब्रुअरीमा ४.० प्रतिशत थियो ।
रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने जनाउदै बेरोजगारी दर लगातार पाँच महिना ४.० प्रतिशतमा रहेको एबीएसले जनाएको छ ।
पछिल्लो १२ महिनामा रोजगारमा रहेका अस्ट्रेलियालीको संख्या तीन लाख आठ अथवा २.२ प्रतिशतले बढेको छ, जुन महामारीपूर्वको २० वर्षको औसत २.० प्रतिशतभन्दा बढी हो ।
रोजगारमा रहेका अस्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बिचमा ३२ हजार २०० ले वृद्धि भएको एबीएसले जनाएको छ भने सोही अवधिमा बेरोजगार व्यक्तिहरूको संख्या तीन हजारले बढेको छ ।
एबीएसका श्रम तथ्यांक प्रमुख सीन क्रिकले रोजगार-जन संख्या अनुपात (काम गर्ने उमेरको जनसंख्या) मार्चमा ६४.१ प्रतिशत रहेको छ ।
रोजगारीमा वृद्धिको बावजुद, क्रिकले अष्ट्रेलियालीहरूले काम गर्ने समय मार्चमा ०.३ प्रतिशतले घटेको बताउदै यसको कारण चक्रवात लगायत प्रमुख मौसमी घटनाहरू भएको बताए ।