काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य नेपाली बजारमा इतिहासकै सर्वाधिक उच्च मूल्य हो ।
बुधबार प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज अप्रत्याशित रूपमा वृद्धि देखिएको हो ।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । महासंघकाअनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय ३९ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।