• Menu

२७ अंकले बढ्यो सेयर बजार, ५ कम्पनीमा सकारात्मक सर्किट, ८ अर्ब ५४ करोडको कारोबार

नेपाल प्रफिट

२०८२ वैशाख २, १५:३२

२७ अंकले बढ्यो सेयर बजार, ५ कम्पनीमा सकारात्मक सर्किट, ८ अर्ब ५४ करोडको कारोबार

काठमाडौं । २०८२ सालको पहिलो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले बढेको छ । नेप्सेमा सूचीकृत १३ मध्य १२ उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ अंकमा ‌उक्लिएको हो ।

आज ३४ कम्पनीको सेयर मूल्य घटेको छ भने २१२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । मंगलबार कारोबार रकम पनि बढेको छ । आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकामा आज ८ अर्ब ५४ करोड ४३ लाखको कारोबार भयो ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको छ ।

गुँरास लघुवित्तको ९.५८, सुपर मादी हाइड्रोपावर ६.११, एन आर एन इन्फ्राइस्ट्रक्चर ५.५३, सामुदायिक लघुवित्त ५.०७ र हाथवे इन्भेस्टमेन्टको ५.३० । लगानी सबै भन्दा धेरै २.७१ प्रतिशत मूल्य बढ्यो ।

विकास बैंक २.४६, होटल तथा पर्यटन १.९९,निर्जिवनबीमा १.०७ जिवनबीमा ०.८१, अन्य ०.६१, उत्पादन तथा प्रशोधन १.२२, हाइड्रोपावर १.४७, लघुवित्त ०.६०, वित्त समुह १.५९, र बैंकिङको ०.४८ प्रतिशत मूल्य बढेको छ ।

। व्यापार ०.६४ र म्युचुअल फन्डको ०.६० प्रतिशत मूल्य घटेको छ ।

बलेफी हाइड्रोपावर ९.६९, विन नेपाल लघुवित्त ६.१७, आत्मनिर्भर लघुवित्त ३.७१, अपर सोलु हाइड्रो ३.२८ र रादी विद्युत कम्पनीको २.४० प्रतिशत मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्