• Menu
s

कालीमाटी बजारमा आजको थोक मूल्य, सानो गोलभेँडा प्रतिकिलो १० रुपैयाँ

नेपाल प्रफिट

२०८३ असार १२, शुक्रबार १०:५०

कालीमाटी बजारमा आजको थोक मूल्य, सानो गोलभेँडा प्रतिकिलो १० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १२) का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले तरकारी, फलफूल, मसला तथा माछालगायतका कृषिउपजको मूल्य सूची जारी गरेको हो ।

समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेँडा १० रुपैयाँ र टनेलमा उत्पादन भएको सानो गोलभेँडा २० रुपैयाँमा कारोबार भइरहेको छ। रातो आलु (लाम्चो) प्रतिकिलो ३८ रुपैयाँ, रातो गोलो आलु र मुढे आलु ३५ रुपैयाँ, भारतीय रातो आलु तथा सेतो आलु प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ। भारतीय सुकेको प्याज प्रतिकिलो ५२ रुपैयाँ तोकिएको छ।

तरकारीतर्फ स्थानीय गाजर १०० रुपैयाँ, स्थानीय बन्दा ६० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो हाइब्रिड मूला २० रुपैयाँ, लाम्चो भन्टा २० रुपैयाँ र डल्लो भन्टा ३० रुपैयाँ प्रतिकिलो रहेको छ।

यसैगरी बोडी (तने) ३५ रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोसा २०० रुपैयाँ, घिउ सिमी (लोकल र हाइब्रिड) ५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, भटमास कोसा १०० रुपैयाँ, तीते करेला, लौका, परवर (लोकल तथा तराई) प्रतिकिलो ४० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, झिगुनी ५० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ५० रुपैयाँ, डल्लो हरियो फर्सी ३५ रुपैयाँ, भिन्डी ३० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र इस्कुस ४० रुपैयाँ निर्धारण गरिएको छ।

सागपातमा रायो ४० रुपैयाँ, पालुङ्गो र चमसुर ६० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, हरियो प्याज १५० रुपैयाँ प्रतिकिलो रहेको छ। च्याउमध्ये कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

अन्य उत्पादनमा कुरिलो ३०० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, सजीवन २५० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ, जिरीको साग ९० रुपैयाँ, सेलरी १६० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, सौफको साग ७० रुपैयाँ, पुदिना २०० रुपैयाँ, गान्टेमूला ६० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा र तोफु १६० रुपैयाँ तथा गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ४२० रुपैयाँ, मालदह आँप ९० रुपैयाँ, दशहरी आँप १०० रुपैयाँ, हरियो तरबुजा ६० रुपैयाँ, जुनार २३० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, स्थानीय काँक्रो ७० रुपैयाँ, हाइब्रिड काँक्रो ३० रुपैयाँ, लोकल क्रस काँक्रो ६० रुपैयाँ, रूखकटहर ५० रुपैयाँ, चाइनिज नासपाती २५० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, स्थानीय लिची २०० रुपैयाँ, भारतीय लिची ३०० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

मसलातर्फ अदुवा १४० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ४० रुपैयाँ, बुलेट खुर्सानी ३० रुपैयाँ, माछे खुर्सानी ५० रुपैयाँ, अकबरे ३०० रुपैयाँ, भेडेखुर्सानी ८० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ, हरियो धनियाँ १५० रुपैयाँ, चाइनिज सुकेको लसुन २२० रुपैयाँ र नेपाली सुकेको लसुन १८० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

माछातर्फ सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ र छडी माछा २५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।