पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक जनालाई वीरगन्जबाट पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले आज वीरगन्ज महानगर-१६ स्थित भन्सार प्रवेशद्वारमा जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकलमा सवार विनय शंकर साह तुरहालाई सो परिमाणको रकमसहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी मोहन निरौलाका अनुसार मोटरसाइकलमा सवार तुरहाले मोटरसाइकलको सिटकभरमा सो रकम लुकाएर राखेका थिए ।
बरामद भएको रकमसहित तुरहालाई थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । ती व्यक्तिबाट वीरगन्ज भन्सार एजेन्ट संघ पर्सा लेखिएको परिचयपत्र समेत बरामद भएको छ ।