• Menu

यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ४८ करोडभन्दा बढी राजस्व संकलन

नेपाल प्रफिट

२०८२ चैत ६, शुक्रबार १४:२३

यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ४८ करोडभन्दा बढी राजस्व संकलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको छ ।

विभिन्न शीर्षकबाट सो राजस्व संकलन गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट ३७ करोड ८३ लाख र सबैभन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट १२ लाख राजस्व संकलन भएको छ ।

त्यस्तै चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र लाइसेन्स प्रमाणीकरणबाट रु नौ करोड ३५ लाख ८२ हजार तथा यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट ईजाजत) बाट ८८ लाख २६ हजार राजस्व संकलन भएको छ ।

यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा राजस्वका विभिन्न शीर्षकबाट ७५ करोड ५६ लाख २७ हजार राजस्व संकलन गरेको थियो । कार्यालयको बेरुजु रकम भने शून्य रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्